(१) विभागले बोलपत्रको माध्यमबाट निष्काशन गरिने टेजरी बिलको भुक्तानी अवधि र अन्य आवश्यक शर्तहरु खुलाई राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशन भएपछि टेजरी बिल किन्न चाहनेले बोलपत्र दिँदा सो बोलपत्रमा यति प्रतिशत बट्टा लिएर रुपैयाँ दिन्छु भनी आफूले माग गरेको बट्टाको अङ्क खोली आवश्यकता अनुसार अनुसूची–१५ को फाराम नम्बर १, फाराम नम्बर २
वा फाराम नम्बर ३ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनुपर्नेछ ।
(३) बैङ्क आफैंले टेजरी बिल खरीद गर्न बोलपत्र स्वीकार गर्दा देहायको अवस्थामा देहाय बमोजिम बट्टादर कायम हुनेछः–
(क) निष्काशन हुने सबै रकम बैङ्कले स्वीकार गर्ने अवस्था परेमा जति अवधिको टेजरी बिल खरीद हुने हो सोही अवधिको टेजरी
बिलको पछिल्लो हप्तामा कायम भएको औसत बट्टादरमा, वा
(ख) बोलपत्र आंशिक रुपमा स्वीकार गरेमा सोही बोलपत्रबाट कायम हुन आएको औसत बट्टा दरमा ।
(४) नेपाल सरकारबाट निष्काशित भई बैङ्कले टे১जरी बिल स्वीकार गरी आफ्नो स्वामित्वमा राखेको टेजरी विल बैङ्कले एकमुष्ट वा विभाजन गरी बिक्री गर्न चाहेमा विभिन्न भुक्तानी मिति कायम गरी बिक्री गर्न सक्नेछ ।